काठमाडौँ । नेपालमा पहिलो पटक, अन्तर्राष्ट्रिय ख्यातिप्राप्त मोटिभेसनल लेखक, व्यावसायिक प्रशिक्षक तथा गिनिज वर्ल्ड रेकर्ड होल्डर डा. उज्ज्वल पाटनीको विशेष उपस्थितिमा ‘Business Blueprint Nepal’ आयोजना हुँदैछ।
उक्त कार्यक्रमको मुख्य प्रायोजकको रूपमा शिवम् सिमेन्ट आबद्ध भएको छ।
यो सेमिनार २०७५ साल भदौ १२ गते (२८ अगस्ट २०२५), बिहीबार, होटल मेरियट, नक्साल, काठमाडौँमा बिहान १० :३० बजे देखि अपराह्न ५ :०० बजे सम्म हुने आयोजकले जानकारी दिएको छ।
यसैक्रममा, मेगा बिजनेस सेमिनारमा सहकार्य गर्दै डा। उज्ज्वल पाटनी जस्तो विश्वस्तरका मोटिभेसनल स्पिकरसँगको सहकार्यमार्फत सहभागीहरूलाई व्यावसायिक उत्प्रेरणा र ज्ञान प्रदान गर्ने उद्देश्य रहेको शिवम् सिमेन्टका प्रतिनिधिले बताएका छन्।
डा. उज्ज्वल पाटनी सँग ३ वटा गिनिज वर्ल्ड रेकर्ड, १५ भन्दा बढी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पुरस्कार, Top 10 Thinker 2014 र Best Corporate Trainer of India जस्ता प्रतिष्ठित सम्मानहरू छन्। उनको डिजिटल शो ‘The Ujjwal Patni Show’ हरेक हप्ता ८० लाखभन्दा बढी दर्शकहरूले ७५ भन्दा बढी देशहरूमा हेर्दै आएका छन्। उनका कार्यक्रमहरू Business Gurukul, VIP र Business Audit मार्फत १०,००० भन्दा बढी व्यवसायीहरूले रूपान्तरण पाएका छन्।
साथै, उहाँका ७ पुस्तकहरू १२ भारतीय भाषामा अनुवादित भइसकेका छन् र विश्वभर २८ देशहरूमा १० लाख भन्दा बढी प्रति बिक्री भइसकेका छन्।




