काठमाडौँ । केटा साथीको घरमा गएकी १८ वर्षीय किशोरीको मृत्यु भएको छ । उनी बुधवार दिउँसो ललितपुरको महालक्ष्मी नगरपालिका-३ बोझेपोखरी बस्ने केटा साथीको घरमा गएकी थिइन् ।
प्रहरीका अनुसार उक्त किशोर पनि १८ वर्षकै रहेका छन् । उनीहरू प्रेम सम्बन्धमा रहेको हुनसक्ने प्रहरीको भनाइ छ । किशोरी केटा साथीको घरमा बेहोस भएपछि ग्वार्कोस्थित किष्ट अस्पताल लैजाँदा गर्दा मृत्यु भएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौँका एसपी तथा प्रवक्ता चक्रराज जोशीका अनुसार अहिले मृतक किशोरीको केटा साथीलाई प्रहरी वृत्त सातदोबाटोमा राखेर अनुसन्धान अघि बढाइएको छ । किशोरीको शव पोस्टमार्टमको प्रक्रिया अघि बढाइएको छ ।
तपाईंको प्रतिकृया



