ट्रयाक्टरमा मोटरसाइकल ठोक्किँदा चालककाे मृत्यु

इनरुवा । सुनसरी सदरमुकाम इनरुवामा आज मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ । पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको को१त ७८१६ नंको ट्रयाक्टरमा सोही दिशातर्फ जाँदै गरेको को१२प ९५०८ नंको मोटरसाइकल इनरुवा नगरपालिका– ३ पिपल चोकमा ठोक्किँदा मोटरसाइकल चालक स्थानीयवासी सञ्जय पण्डितको मृत्यु भएको प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए।

गम्भीर घाइते पण्डितलाई उपचारका लागि जिल्ला अस्पताल इनरुवा लैजाने क्रममआ बाटोमै मृत्यु भएको हो । ट्रयाक्टर चालक इनरुवा– ३ का डुमरलाल शर्मालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

अमेरिकी सहयोगमा २१ मिलियन डलरको खाद्य सुरक्षा परियोजना

काठमाडौं । अमेरिकी अन्तर्राष्ट्रिय विकास नियोग (युएसएआइडी) र नेपाल सरकारले खाद्य सुरक्षा सुधारका लागि दुई …

प्रतिकृया दिनुहॊस