काठमाडाैं । लक्ष्मी सनराईज क्यापिटलको व्यवस्थापनमा सञ्चालित लक्ष्मी म्युचुअल फण्ड र सनराईज म्युचुअल फण्ड अन्तर्गतका म्युचुअल फण्ड योजनाले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
साउन २० गते बसेको योजना व्यवस्थापक लक्ष्मी सनराईज क्यापिटलको सञ्चालक समितिको बैठकले लक्ष्मी म्युचुअल फण्ड अन्तर्गतको लक्ष्मी उन्नती कोषबाट २० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
त्यसैगरी, सनराईज म्युचुअल फण्ड अन्तर्गतको सनराईज फर्स्ट म्युचुअल फण्डले १४ प्रतिशत र सनराईज फोकस्ड ईक्विटी फण्डले १३.५ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको छ।
तपाईंको प्रतिकृया




