बजाजको ईभी स्कुटर चेतक सार्वजनिक, कतिपर्छ मूल्य ?

काठमाडौं । नेपाली बजारमा बजाजको विद्युतीय स्कुटर ‘चेतक’ सार्वजनिक भएको छ। बजाजको बिक्रेता हंशराज हुलाश चन्द एण्ड कम्पनीले चेतक ३५०१ भेरियन्टको ईभी स्कुटर सार्वजनिक गरेको हो ।

यो स्कुटर एक पटक चार्ज गर्दा १५३ किलोमिटर सम्मको रेञ्ज प्रदान गर्छ। यसको ब्याट्री ३.५ किलोवाटआवर क्षमता भएको छ र ० देखि ८० प्रतिशत चार्ज गर्न झन्डै ४ घण्टा समय लाग्छ।

चेतक ३५०१ को मूल्य कम्पनीले ३ लाख २४ हजार ९०० रुपैयाँ तोकेको छ। यो स्कुटर ३५ लिटरको बुट स्पेससँग उपलब्ध छ, र स्मार्ट एलसीडी कन्सोल, म्युजिक कन्ट्रोल, हिल होल्ड असिस्ट, रिभर्स लाइट र गाइड मी-होम ल्याम्प, स्मार्टफोन कनेक्टिभिटी जस्ता अत्याधुनिक फिचरहरू प्रदान गर्दछ।

चेतक ३५०१ को डिजाइन आईपी ६७ प्रमाणित मेटल बडीसहित तयार गरिएको छ, जसले विभिन्न मौसमको चुनौतीलाई सामना गर्न सक्षम बनाउँछ। साथै, यसमा ३५ लिटरको अन्डर-सिट स्टोरेज र स्मार्ट TFT टचस्क्रिन कन्ट्रोल सुविधा दिइएको छ।

चेतक स्कुटरमा नेभिगेसन, म्युजिक नियन्त्रण, कागजात भण्डारण र कल ह्यान्डलिङ लगायतका स्मार्ट फिचरहरू उपलब्ध छन्। यसका अतिरिक्त, यो स्कुटर विभिन्न रङका विकल्पहरूमा उपलब्ध रहेको कम्पनीले जानकारी दिएको छ।

गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले भने, “चेतकले दुई पाङ्ग्रे ईभीको बजारमा नयाँ आयाम थप्ने अपेक्षा राख्छ। यो मोडल विशेष गरी प्रविधिमा रुचि राख्ने, स्टाइलप्रेमी र वातावरणप्रेमी युवापुस्ताका लागि बनाइएको हो।”

चेतक ३५०१ लाई अब २१ साउनमा नाइमा एक्स्पोमा पनि देख्न सकिनेछ। यस स्कुटरले स्मार्ट प्रविधि, टिकाउ निर्माणकला र वातावरणीय जिम्मेवारीको उत्कृष्ट समिश्रण प्रस्तुत गर्दै, प्रिमियम इलेक्ट्रिक स्कुटरको रूपमा आफ्नो स्थान बनाउने अपेक्षासहित बजारमा प्रवेश गरेको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री