एनएमबि बैंकद्वारा मानवसेवा आश्रमलाई सोलार प्रणाली हस्तान्तरण, ‘ग्रिन मन्थ’ अभियान अन्तर्गत सहयोग

पोखरा । एनएमबि बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत पोखरास्थित मानवसेवा आश्रमलाई सौर्य ऊर्जा प्रणाली हस्तान्तरण गरेको छ। बैंकले आश्रमलाई १,००० लिटर क्षमताको सोलार वाटर हिटर र अन्य सोलार बत्तीहरू उपलब्ध गराएको हो।

आश्रम परिसरमा आयोजित एक विशेष कार्यक्रमका बीच उक्त सामग्री हस्तान्तरण गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि, गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दु कुमार थापाज्यूले दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए । 

कार्यक्रमको अध्यक्षता ग्रहण गर्नुभएका बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द घिमिरेले बैंकले दिगो विकासलाई प्राथमिकतामा राखेको र सोहीअनुसार ‘ग्रिन मन्थ’ (Green Month) अभियान सञ्चालन गरिरहेको बताए । यो सहयोग सोही अभियानको एक हिस्सा भएको उनको भनाइ थियो ।

कार्यक्रममा बैंकका संस्थापक शेयरधनीहरू राजेन्द्र कुमार बाटाजु, डा. हरि पाठक, शालिकराम घिमिरे, विमल बहादुर कुँवर, ओम कुमार मुल्मी, वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत सुदेश उपाध्याय, प्रदेश प्रमुख दुर्गा राम पुरी लगायत उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो।

सो अवसरमा मानवसेवा आश्रमका संस्थापक अध्यक्ष रामजी अधिकारीले बैंकको सहयोगप्रति आभार व्यक्त गर्दै यसले आश्रममा आश्रितहरूलाई ठूलो राहत पुग्ने विश्वास व्यक्त गरे ।

एनएमबि बैंकले हाल देशभर २०१ शाखाहरु, १८७ एटिएमहरु र ९ एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री