काठमाडौं । अघिल्ला तीन कारोबार दिन लगातार घटेको शेयर बजार आज सोमबार सम्हालिएको छ । अघिल्लो दिनको तुलनामा आज नेप्से परिसूचक १६.४६ अंकले बढेर २ हजार ८७५.३६ बिन्दुमा बन्द भएको हो ।
आजको कारोबारका क्रममा बजार केही उतारचढावमा रह्यो । तीन दिनपछि बढेको बजारमा कारोबार रकम घटेको छ । आज १० अर्ब ८२ करोडको कारोबार भएको छ । १४० कम्पनीको मूल्य बढ्दा ११० को घट्यो ।
आज सबैभन्दा धेरै कमाउने कम्पनीमा सिक्लेस हाइड्रोपावर रह्यो । यस कम्पनीको ५.७३,प्रतिशत मूल्य बढ्यो ।
अघिल्लो दिनसम्म १० प्रतिशत मूल्य बढेको ट्रेड टावर आज १० प्रतिशत घट्यो । आज धेरै कारोबार हिमालयन रिइन्स्योरेन्सको भएको छ ।
तपाईंको प्रतिकृया




