काठमाडौं । भार्गव विकास बैंकले गत आर्थिक वर्षमा ३ करोड ५१ लाख रुपैयाँ नाफा कमाएको छ । यो वैंकले अघिल्लो आवको तुलनामा ३६ प्रतिशतले नाफा बढाएको छ । बैकले अघिल्लो वर्षको तुलनामा ९३ लाख रुपैयाँ नाफा बढाएको छ भने अघिल्लो वर्षको नाफा २ करोड ५८ लाख रुपैयाँ रहेको थियो ।बैंकको गत असारमसान्तसम्मको चुक्ता पुँजी २६ करोड ४० लाख रुपैयाँ रहेको छ । यो विकास बैंकको खराव कर्जा अनुपात शून्य दशमलव ८९ प्रतिशत रहेको छ । यसको सीसीडी रेसियो ६४ दशमलव १५ प्रतिशत छ ।
तपाईंको प्रतिकृया




