माछापुच्छ्रे बैंक लिमिटेडले रियल टाइममा नै खाता खोल्न मिल्ने गरी ४ शाखा रहित बैकिङ्ग सेवा सुरु

काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले साउन १६ र १७ गते रुपन्देही स्थित गैंडहवा, रोहिणी तथा सम्मरीमाइ गाउँपालिकाहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा संचालनमा ल्याएको छ । बैंकले यूकेएड सक्षमसँगको सहकार्यमा उक्त स्थानहरुमा ४ शाखा रहित बैकिङ्ग सेवा सुचारु गरेको हो । ग्राहक सेवा केन्दको रुपमा संचालित उक्त शाखा रहित सेवा केन्द्रहरुबाट खाता खोल्ने, रकम जम्मा गर्ने र झिक्ने, रेमिट्यान्स भूक्तानी, साथै कर्जा आवेदन गर्ने समेत व्यवस्था गरेको बताएकाे छ ।

बैंकले नेपालमै पहिलो पटक तुरुन्त रियल टाइममा खाता खोल्ने व्यवस्था गरेको छ । बै‌कले चिपमा आधारित डेबिट कार्ड पनि तुरुन्त उपलब्ध गराएको जानकारी दिएकाे छ ।  बै‌कका अनुसार यूकेएड सक्षमको सहकार्यमा  २० वटा ग्राहक सेवा केन्द्रहरु स्थापना गर्ने तथा १४ जिल्लामा विपन्न वर्ग कर्जाहरु प्रदान गर्ने तथा वित्तीय साक्षारता अभियान संचालन गर्ने उल्लेख गरेकाे ५ ।

बारेमा news

यॊ पनि हेर्नुहॊस

बीवाईडीले सार्वजनिक गर्‍यो विजेता, ११ जनाले जर्मनी गएर युरोकप हेर्न पाउने

काठमाडौं । बीवाईडीको नेपालका लागि आधिकारिक वितरक साइमेक्स इंकले युरोकप हेर्न जान पाउने लक्की ड्र …

प्रतिकृया दिनुहॊस