काठमाडौं । सब्बु केसीको स्वर रहेको गीत ‘तीज आयो’ सार्वजनिक भएको छ । दीपेन्द्र खडकाको शब्द, विकास चौधरीको संगीत र सञ्जय हमालको संगीत संयोजन रहेको गीतको भिडियो सार्वजनिक भएको हो ।
कमल राईको कोरियोग्राफी तथा निर्देशन रहेको गीतको भिडियोमा अभिनेत्री प्रतिक्षा काफ्लेसँगै अस्मिता तामाङ र गायिका सब्बुको अभिनय र नृत्य देख्न सकिन्छ ।
प्रेम लामाको छायांकन रहेको गीतको भिडियोमा टेकेन्द्र शाहको दृश्य सम्पादन छ । गीत ‘सब्बु केसी अफिसियल’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
तपाईंको प्रतिकृया



