नबिल बैंक पनि कनेक्ट आईपीएसमा आवद्ध

काठमाडौं । नबिल बैंक नेपाल क्लियरिङ्ग हाउसले संचालनमा ल्याएको कनेक्ट आईपीएस ई–पेमेन्ट प्रणालीमा आजबाट कारोबार शुरु गर्ने गरि आवद्ध भएको छ । बैंकका ग्राहकहरुले यस प्रणालीको www.connectips.com अथवा मोबाईल एप्सबाट अनलाईन कारोबार गर्न सक्नेछन् ।

यस प्रणालीमा बैंकका ग्राहकले आफूलाई एक पटक आवद्ध गरी आफ्नो बैंक खातालाई लिंक गराई यसमा उपलब्ध हुने सेवाहरु प्राप्त गर्न सक्ने व्यवस्था रहेका छन् । हाल यस प्रणाली मार्फत नेपाल सरकारको राजस्व भुक्तानी, लोकसेवा आयोगको भुक्तानी, रकम ट्रान्सफर, क्रेडिट कार्ड बिल भुक्तानी, मोबाईल वालेटमा फण्ड लोड, सेयर ब्रोकरको भुक्तानी गर्न सकिने व्यवस्था रहेका छन् ।

उक्त प्रणालीमा उपलब्ध पेमेन्ट प्रोसेसर (गेटवे) जडान भएका मर्चेन्ट पोर्टलहरुमा समेत भुक्तानी गर्न सक्नेछन् । अनलाईन कारोबार रु. १ लाख सम्म र  मोबाईल एप्स मार्फत प्रति कारोबार रु. ५ हजार सम्मको भुक्तानी कारोबार गर्न सक्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री