सभापति देउवाले बूढानीलकण्ठमा बोलाए आकस्मिक बैठक

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवाले पदाधिकारी तथा पूर्वपदाधिकारीको आकस्मिक बैठक बोलाएका छन् । कांग्रेसभित्र सरकारको कार्यशैली र पार्टीको भूमिकालाई लिएर गम्भीर असन्तुष्टि बढेपछि बिहान ९ बजेपछि देउवा निवास बुढानिलकण्ठमा बस्ने गरी बैठक बोलाइएको हो ।

बैठकमा पार्टीका तर्फबाट सरकारमा सहभागी मन्त्रीहरूलाई पनि अनिवार्य उपस्थित हुन भनिएको छ । पार्टीभित्रै सरकारको कामकारबाही प्रभावकारी नभएको र जनअपेक्षाअनुसार काम गर्न नसकेको भन्दै चर्को आलोचना भइरहेका बेला यो बैठकलाई निकै महत्वका साथ हेरिएको छ ।

पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठकमा पार्टीको आन्तरिक जीवन, सरकारको कामकारबाहीको समीक्षा, संघीय निजामती विधेयक र भूमि विधेयकजस्ता महत्वपूर्ण विषयमा छलफल हुनेछ । विशेषगरी, संघीय निजामती विधेयकमा राखिएको दुईवर्षे ‘कुलिङ पिरियड’ र भूमि विधेयकलाई संसदीय समितिमा पठाउने वा नपठाउने भन्ने विषयमा पार्टीभित्रै मतभेद देखिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री