नाइमा अटो शो २०२५ मा YADEA को गेम चेन्जिङ्ग VELAX सिरिज सार्वजनिक हुँदै

काठमाडौँ । नेपालमा YADEA को एक मात्र आधिकारिक वितरक कुजु नेपाल प्रा.ली. ले देशको विद्युतीय सवारी साधन बजारमा नयाँ सिरिज सार्वजनिक गरेको छ । YADEA को VELAX सिरिज — तीनवटा अत्याधुनिक इलेक्ट्रिक स्कुटरहरूको आधिकारिक सार्वजनिक शुभारम्भ हुने कम्पनीले जनाएको छ ।

प्रतीक्षित लाइनअपमा समावेश छन् :

VELAX Fast Charging, VELAX U: Ultra Performance, र VELAX H: High Performance

जसलाई NAIMA अटो शो २०२५ मा पहिलो पटक सार्वजनिक रूपमा प्रस्तुत गरिनेछ । यसमार्फत नेपाली सवारी प्रयोगकर्ताहरूले नयाँ युगको शहरी
मोबिलिटी अनुभव गर्ने बताइएको छ ।

VELAX Fast Charging – अब चार्जिङ्गमा मात्र २० मिनेट

व्यस्त जीवनशैली अपनाउने र समयको मूल्य बुझ्ने सवारहरूको लागि YADEA को यो मोडेल एक क्रान्तिकारी परिवर्तन हो । V ३०Ah LFP ब्याट्री सहितको VELAX Fast Charging स्कुटरले ११० किमी सम्मको रेञ्ज दिन्छ ।

यसले २० मिनेटमै ८० प्रतिशत चार्ज गर्न सक्ने क्षमताको साथ, द्रुत गतिमा काम गर्ने, डेलिभरी सेवामा संलग्न वा दैनिक यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प हुने बताइएको छ ।

यसमा ३२००W मोटर, ६२ किमी/घण्टा गति, र १७२ N·m टर्क रहेको छ — जसले द्रुत ऊर्जा र भरपर्दो प्रदर्शन प्रदान गर्ने कम्पनीले जानकारी दिएको छ ।

VELAX U – अल्ट्रा प्रदर्शन, अल्टिमेट राइड

कम्पनीका अनुसार प्रदर्शनका पारखीहरूका लागि तयार पारिएको YADEA को प्रमुख मोडेल हो । VELAX U। यो डुअल ७४V २०Ah ब्याट्री सिस्टम द्वारा सञ्चालित छ र १४० किमी सम्म रेञ्ज प्रदान गर्छ। ४९००W शक्तिशाली मोटर, ८० किमी/घण्टा गति, र १७६ N·m टर्क सहित, “U” को अर्थ नै Ultra Performance हो — जसले इलेक्ट्रिक स्कुटरको परिभाषालाई नै पुनःनिर्धारण गर्छ।

उच्च प्रदर्शन, दैनिक यात्राको साथी

दैनिक प्रयोगकर्ताहरूका लागि सहज, भरपर्दो र सुलभ मूल्यमा VELAX H YADEA उपलब्ध को मूल्यमैत्री तर शक्तिशाली मोडेल भएको कम्पनीले जनाएको छ ।

यसमा ७२V ३०Ah ब्याट्री छ, जसले १०० किमी सम्म रेञ्ज दिन्छ । ३२००W मोटर, ६२ किमी/घण्टा टप स्पीड, र १७२ N·m टर्क सहित, “H” को अर्थ हो High
Performance .

पूरा लाइनअपलाई YADEA को प्याभिलियनमार्फत NAIMA अटो शो २०२५ मा औपचारिक रूपमा सार्वजनिक गरिने बताइएको छ । उत्पादनका थप विशेषताहरू, मूल्य, र उपलब्धता सम्बन्धी जानकारी सोही कार्यक्रममा खुलासा गरिने बताइएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री