बजारमा दिनभर उतारचढाव, १९ अर्ब माथिको कारोबारसहित नेप्सेमा सामान्य सुधार

काठमाडौं । साताको चौथो कारोबार दिन बुधबार सेयर बजारमा दिनभरको उतारचढावपछि अन्त्यमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा सामान्य सुधार देखिएको छ । परिसूचक ५.१७ अंकले बढेर दुई हजार ९७८.८८ विन्दुमा पुगेको हो ।

सूचकमा सामान्य वृद्धि भए पनि आज कारोबार रकम भने उत्साहजनक रह्यो । दिनभरमा कुल १९ अर्ब ५७ करोड ५२ लाख रुपैयाँ बराबरको ४ करोड ४८ लाख कित्ता शेयर खरिदबिक्री भयो ।

आजको बजारको एक रोचक पक्ष के रह्यो भने, परिसूचक हरियो देखिए पनि अधिकांश कम्पनीका लगानीकर्ताले भने गुमाउनुपर्‍यो । कुल कारोबारमा आएकामध्ये ९८ कम्पनीको शेयरमूल्यमा वृद्धि हुँदा १५२ कम्पनीको शेयरमूल्य भने ओरालो लाग्यो । यसले बजारमा केही ठूला पुँजी भएका कम्पनीहरूको सामान्य वृद्धिले नै सूचकलाई धानेको देखिन्छ ।

आजको कारोबारमा ट्रेड टावर र सान्भी इनर्जीका लगानीकर्ताले भने सर्वाधिक कमाए । यी दुवै कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लाग्यो ।

कारोबार रकमका आधारमा हिमालयन रिइन्स्योरेन्स अग्रस्थानमा रह्यो । कम्पनीको एक्लै ७८ करोड १० लाख रुपैयाँ बराबरको कीर्तिमानी शेयर किनबेच भयो, जसले बजारमा यस कम्पनीप्रति लगानीकर्ताको उच्च आकर्षण रहेको संकेत गर्छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री