चारदिने ‘टेक एक्स : एलिभेट २०२५’ सफ्टवारिका कलेजमा

काठमाडौं । सफ्टवारिका कलेज अफ आईटी एन्ड ई–कमर्सद्वारा आयोजना गरिएको चारदिने भव्य प्रविधि महोत्सव ‘टेक एक्स : एलिभेट २०२५’ उत्साहपूर्वक सम्पन्न भएको छ । असार ३२ देखि साउन ३ गतेसम्म सञ्चालित यो कार्यक्रम प्रविधिमा चासो राख्ने विद्यार्थी, व्यावसायिक प्रतिनिधि, शैक्षिक संस्था, इन्फ्लुएन्सर र लगानीकर्ताहरूको साझा मञ्च बनेको थियो ।

करिब १० हजारभन्दा बढी आगन्तुकहरूको उपस्थिति जनाएको कलेजको भनाइ छ । ५० भन्दा बढी शैक्षिक संस्थाहरूको सहभागिता, ३० भन्दा बढी प्रविधिमैत्री कम्पनीहरूको प्रदर्शनी र १५ भन्दा बढी ख्यातिप्राप्त कन्टेन्ट क्रिएटरहरूसँगको संवादले यस महोत्सवलाई एक अविस्मरणीय प्रविधि उत्सवको रूपमा स्थापित गरेको कलेजको विश्वास छ ।

कार्यक्रममा विद्यार्थीहरूद्वारा विकास गरिएका २० भन्दा बढी नवीन प्रविधिमूलक प्रोजेक्टहरू प्रदर्शन गरिएका थिए ।

दुई दिनसम्म सञ्चालन भएको जब फेयरमा ३० भन्दा बढी कम्पनीहरूको सहभागिता रहेको थियो । सफ्टवारिका कलेजका हालका र पूर्वविद्यार्थीहरू समेत गरी ५०० भन्दा बढी सहभागीहरूले प्रत्यक्ष अन्तर्वार्ता, नेटवर्किङ र करियर परामर्शमार्फत भविष्य निर्माणका सम्भावनाहरूको खोजी गरेका थिए ।

कार्यक्रमको विशेष आकर्षणमध्ये ‘आइरन क्लास’ रोबोट युद्ध प्रतियोगिता उल्लेखनीय रह्यो, जहाँ २ वर्षदेखि निरन्तर तयारीमा रहेका विद्यार्थी समूहहरूले उच्च प्रविधिको प्रयोगसहित प्रतिस्पर्धा गरे। प्रतियोगिताका विजेताहरूलाई तीन लाख रुपैयाँ बराबरको पुरस्कार प्रदान गरिएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री