मोबाइल एक्सचेञ्ज मेला : ‘एउटा किन्दा एउटा सित्तैमा’

काठमाडौं ।  सिटीसी मल सुन्धारा, काठमाडौंस्थित सिटीसी मोबाइल हबले सञ्चालन गरिरहेको मोबाइल एक्सचेञ्ज मेला मंगलवार सकिने मोबाइल हबले जानकारी दिएको छ । मेलामा एउटा मोबाइल किन्दा अर्काे एउटा सित्तैमा अफरसमेत रहेको आयोजकले बताएको छ ।

९ हजार ९९९ रुपैंयादेखि २ लाख ३४ हजार रुपैंयासम्मका मोबाइल किन्न सकिने मेलामा ११ हजारदेखि ३ लाख १५ हजार रुपैयाँसम्मका ल्यापटप, आइप्याड, म्याक बुकलगायत सामान रहेका छन् । मेलामा जस्तोसुकै पुरानो मोबाइल बेच्न र सट्टापट्टा पनि गर्न सकिने सीटीसी मोबाइल हबका प्रबन्धक जीवन श्रेष्ठले जानकारी दिए ।

सामसुङ, ब्ल्याकबेरी, ओप्पो, भिभो, वानप्लस, नोकिया, कलर्स, एमआई, सोनी, एप्पल, कुलप्याड, लेनोभो, हुवाई ब्राण्डका मोबाइलका साथै एचपी, लेनोभो, एमआई, डेल र एप्पलका ल्यापटप, म्याकबुक आइप्याड मेलाका आकर्षण रहेका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री