उपचारका लागि गएकी वृद्धा अस्पतालको कुनामा मृत फेला

काठमाडौं । उपचारका लागि टीकापुर अस्पताल गएकी एक वृद्धा अस्पतालको कुनामा मृत अवस्थामा फेला परेकी छिन् ।

टीकापुर नगरपालिका-१ जमराटोल निवासी ८८ वर्षीया हिरादेवी धामी आइतबार बिहान टीकापुर अस्पतालको दक्षिणपूर्वी कुनामा मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ ।

शनिबार दिउँसो बुहारीसँगै अस्पताल गएकी धामी त्यसपछि हराइरहेकी थिइन् । खोजतलासका क्रममा आइतबार बिहान १० बजेतिर अस्पतालकै कुनामा मृत भेटिएको प्रहरीले जनाएको छ ।

धामीको शरीरमा कुनै बाह्य चोटपटक नदेखिएको र प्रारम्भिक अनुमानमा मृत्यु स्वाभाविक जस्तो देखिए पनि कारण पत्ता लगाउन शवलाई टीकापुर अस्पतालमै परीक्षणका लागि राखिएको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायब उपरीक्षक नविनराज बुढाथोकीले जानकारी दिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री