मर्जरमा गए पोखरा फाइनान्स र समृद्धि फाइनान्स

काठमाडौं । पोखरा फाइनान्स र समृद्धि फाइनान्स मर्जरमा गएका छन् । दुई कम्पनीहरूले आइतबार बिहान मर्जरसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।

सम्झौतामा संयोजक सुदीप घिमिरे पोखरा फाइनान्सका तर्फबाट संयोजक तिलबहादुर गुरुङले हस्ताक्षर गरेका छन् ।

दुवै कम्पनी बराबर हैसियत रहने गरी पोखरा फाइनान्स र समृद्धि फाइनान्स एकआपसमा गाभिएका हुन् । १ बराबर १ सेयर स्वाप रेसियोमा रहेर दुई कम्पनी एक मर्जरमा गएका हुन् ।

मर्जरपछि यी दुई फाइनान्सले पोखरा फाइनान्सको नाममा एकीकृत कारोबार गर्नेछन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप