एनआई सी एशिया बैंकको नयाँ शाखा सुनसरीको इटहरीमा

काठमाडौं । एनआईसी एशिया बैंकको नयाँ शाखा कार्यालय इटहरी उद्घाटन भएको छ । इटहरी उप–महानगरपालिका वडा नं ५, सुनसरी स्थित पचरुखी शाखाको एनआईसी एशिया बैंकका प्रमुख बजार व्यवस्थापन अधिकृतसन्तोष कुमार राठीले उद्घाटन गरेका थिए ।

मुलुकभर २७० शाखा कार्यालयहरु, २८७ एटिएम, ३७ वटा एक्सटेन्सन काउण्टर एवं २० वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।

बैंकको वासलातको आकार रू. २११ अर्ब भन्दा बढि पुगेको छ भने कुल निक्षेप करिब रू. १६९ अर्ब तथा कर्जा रू. १४५ अर्ब रहेको छ ।  नेपालको हाल सम्म यस बैंकमा ग्राहकको संख्या करिब १४ लाख रहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री