काठमाडौं । एलीना चौहान र पवन परियारको स्वरमा लोकपप गीत ‘सिस्नोले पोल्यो’ सार्वजनिक भएको छ । टिआर सिरिज च्यानलमार्फत युट्युबमार्फत भिडियोसार्वजनिक गरिएको हो ।
गीतमा तुलाराम लामिछाने र पवन परियारकै शब्द संयोजन रहेको छ भने संगीत पनि परियारले नै तयार गर्नुभएको छ । परम्परागत लोक भावनालाई आधुनिक संगीत संयोजनमार्फत प्रस्तुत गरिएको यस गीतमा करिश्मा शाही, सुमन योगी र अन्य कलाकारको अभिनय समावेश छ ।
‘सिस्नोले पोल्यो’ गीतले पहाडी गाउँको परिवेश, प्रेम र पीडाको कथा बोकेको छ । ‘सिस्नो’लाई प्रतीकको रूपमा प्रयोग गर्दै गीतले मनको घाउ र सामाजिक सन्दर्भहरूलाई प्रभावशाली ढंगमा अभिव्यक्त गरेको छ । गीतको भिडियो सुरेश पाण्डेले कोरियोग्राफी तथा निर्देशन गर्नुभएको भिडियोमा देवदोर्जे लामाको छायांकन र अनिल विष्ट प्युँठानीको सम्पादन छ ।
तपाईंको प्रतिकृया



