करेन्ट लागेर कामदारको मृत्यु

काठमाडौं । नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा करेन्ट लागेर एक कामदारको ज्यान गएको छ । कावासोती–३ मा निर्माणाधीन एक सरकारी भवनमा काम गर्ने क्रममा बर्दियाको ठाकुरबाबा–२ स्थायी घर भई हाल कावासोतीमा डेरा गरी बस्दै आएका ३५ वर्षीय सरोज थारुको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मधु नेपालका अनुसार ड्रिल गर्ने क्रममा थारुलाई करेन्ट लागेको थियो । गम्भीर घाइते थारुलाई उपचारका लागि मध्यविन्दु प्रादेशिक अस्पताल डण्डा लगिएको थियो। तर, उपचारकै क्रममा उनको मृत्यु भएको हो । प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री