काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व केन्दीय उपाध्यक्ष कृष्णप्रसाद बस्याल (राकेश) को आइतबार मोटरसाइकल दुर्घटनामा परी मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी एंव डीएसपी चक्र डमर पालका अनुसार शिक्षण अस्पताल नेपालगञ्जमा उपचारको क्रममा उनको राति मृत्यु भएको हो ।
हुलाकी सडकको सोही पालिका–८ स्थित गणेश चोकमा मोटरसाईकल अनियन्त्रित भई पछाडि बसेका बस्याल गम्भीर घाइते भएका थिए । साइकल यात्रुलाई जोगाउँदा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको हो ।
मोटरसाइकल चालक विष्णु पौडेल घाईते भई गुलरियामा उपचार भइरहेको छ । बारबर्दिया नगरपालिका–४ का साइकल यात्रु प्रदिप थारु सामान्य घाइते भई उपचार पछि घर फर्केको प्रहरीले जनाएको छ । ५७ वर्षीय बस्याल दुई कार्यकाल पत्रकार महासंघ, बर्दियाका अध्यक्ष हुँदै केन्द्रीय उपाध्यक्ष बनेका थिए ।
तपाईंको प्रतिकृया



