पिएसजीलाई हराउँदै चेल्सीले जित्यो क्लब विश्व कपको उपाधि

काठमाडौं । इंग्लिस क्लब चेल्सीले फिफा क्लब विश्वकपको उपाधि जितेको छ । आइतबार राति भएको फाइनलमा च्याम्पियन्स लिग विजेता पेरिस सेन्ट जर्मेन (पिएसजी)लाई ३- ०ले हराउँदै चेल्सीले उपाधि जितेको हो ।

चेल्सीलाई जित दिलाउने क्रममा कोल पालमरले दुई गोल गरे । खेलको २२ औं मिनेटमा पालमरको गोलमा चेल्सीले पहिलो अग्रता लिएको थियो । त्यसको ८ मिनेटपछि नै उनले अर्को आकर्षक गोल गरे । पहिलो हाफ सकिन दुई मिनेट बाँकी रहँदा पालमरको सहयोगमा जाओ पेड्रोले गोल गरे ।

दोस्रो हाफमा पिएसजीले गोलका लागि धेर प्रयास गरे पनि त्यो सम्भव भएन । ८५ औँ मिनेटमा जाओ नेभेसले रातो कार्ड पाएपछि पिएसजी १० खेलाडीमा सीमित भएको थियो । चेल्सीको यो सिजनको दोस्रो उपाधि हो । यसअघि उसले युइएफए कन्फरेन्स लिगको उपाधि जितेको थियो ।

न्यु जर्सीमा भएको फाइनलमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसहित ८१ हजार भन्दा बढी दर्शक रङ्गशालामा उपस्थित थिए ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री