टिभिएस जुपिटर ११० नेपालमा सार्वजनिक

काठमाडौँ । टिभिएसले नेपालमा आफ्नो नयाँ स्कूटर ‘जुपिटर ११०’ सार्वजनिक गरेको छ । यो स्कुटर अत्याधुनिक इन्जिन र आफ्नो सेग्मेन्टमै पहिलो पटक समावेश गरिएका नवीनतम प्रविधिहरूले सुसज्जित रहेको कम्पनीले जनाएको छ ।

१५ वटा सेग्मेन्टमै पहिलो र १४ वटा उत्कृष्ट विशेषताहरू सहितको यो नयाँ टेक–फ्रेन्ड्ली टिभिएस जुपिटर–११० नेपालका उपभोक्ताहरूका बदलिँदो रोजाइअनुसार तयार गरिएको यो नयाँ टेक्नोलोजीमा आधारित स्मार्ट स्कुटर भएको कम्पनीले जानकारी दिएको छ ।

कम्पनीका अनुसार यसमा डुअल हेल्मेट अन्डर सिट स्टोरेज (सिट मुनि ३३ लीटर स्टोरेज), अगाडिबाट इन्धन भरिने सुविधा र फराकिलो फुटबोर्ड स्पेस सुरक्षा बढाउने रोपेटल डिस्क ब्रेक, टर्न सिग्नल ल्याम्प रेस्ट, इमर्जेन्सी ब्रेक वार्निङ, ह्याजार्ड ल्याम्प र मेटल्म्याक्स बडी लामो सिटसहितको बडि ब्यालेन्स २.० प्रविधिले सवारी नियन्त्रण र आराममा सुधार फाइन्ड मि सुविधा, फलो मि हेडल्याम्प र सहज प्रयोगयोग्य अटो क्यान्सल हुने टिएसएल सुविधाटिभिएस स्मार्ट टिएम ब्लुटुथ जडान भएको छ ।

डिजिटल क्लस्टर– कल, एसएमएस, नेभिगेसन र भ्वाइस असिस्टसहित डिस्टान्स टू इम्पिटी लगायतका धेरै विशेषताहरू– जसले सवारीलाई अझ सुविधाजनक, भरपर्दो र चिन्तारहित बनाउने कम्पनीको दाबी छ ।

साहिल अग्रवाल र अखिल गुप्ता, जगदम्बा मोटर्सका प्रतिनिधिहरूले उद्घाटनमा भने, ‘टिभिएससँग हाम्रो सहकार्य मजबुत हुँदै गएको छ यो सहकार्य उच्च गुणस्तरीय उत्पादन र उत्कृष्ट ग्राहक सन्तुष्टिमा आधारित छ । नयाँ टिभिएस जुपिटर–११० मा सुरक्षादेखि लिएर सुविधा, प्रविधि र टिकाउपनमा नयाँ उचाइ दिएको छ । हामी विश्वस्त छौं कि नेपाली ग्राहकहरूले यो स्कुटरलाई अत्यधिक मन पराउनेछन् ।’

नयाँ टिभिएस जुपिटर–११०

टिभिएस जुपिटर–११० प्रदर्शन र प्रविधि मा ११३.३सिसि सिंगल सिलिन्डर, ४–स्ट्रोक इन्जिनबाट सञ्चालित, ६५०० आरएमपीमा ५.९ किलोवाट पावर र ५००० आरएमपी मा आईजिओ एसिस्ट सहित ९.८ एनएम टर्क र आईजिओ एसिस्ट बिना ९.२ एमएम टर्क उत्पन्न गर्छ ।

इनफिनिटी ल्याम्प्ससहितको आकर्षक डिजाइन

नयाँ टिभिएस जुपिटर–११० इन्जिन र गो असिस्ट प्रविधिले १० प्रतिशत बढी माइलेज र अझ राम्रो पिक–अप सुनिश्चि गर्छ फ्रन्ट फ्युल फिल, लामो सिट, फराकिलो लेग स्पेस र बडी ब्यालेन्स टेक्नोलोजीले दिन्छ ।

यो स्कुटरको शुरुआती मूल्य २ लाख ५७ हजार ९०० रुपैयाँ तोकिएको छ । यो डिस एक्सआईएससी भेरियन्टमा सम्पूर्ण टिभिएस शोरूमहरूमा उपलब्ध हुनेछ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री