शर्तसहितको महँगो द्विपक्षीय ऋण देशका लागि घातक छ, तत्काल रोकौँ : पूर्वअर्थमन्त्री महत

काठमाडौं । पूर्वअर्थमन्त्री एवं नेपाली कांग्रेसका सांसद डा. प्रकाशशरण महतले नेपालले हाल लिइरहेको शर्तसहितको महँगो द्विपक्षीय ऋण देशका लागि हितकर नभएको भन्दै यसलाई तत्काल रोक्नुपर्ने बताएका छन् । दाता राष्ट्रकै ठेकेदार र सामान प्रयोग गर्नुपर्ने जस्ता अव्यावहारिक शर्तहरूले नेपाललाई फाइदा नपुगेको उनको जिकिर छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भने, ‘बाइल्याटरल ऋणका तमाम शर्तहरू, जस्तै- उनीहरूकै सामान, उनीहरूकै ठेकेदार, छोटो समयमै फिर्ता गर्नुपर्ने बाध्यता र महँगो ब्याजदर, यी कुनै पनि कुरा हामीलाई सुहाइरहेको छैन । यो तरिकाबाट ऋण लिन बन्द गर्नुपर्छ ।’

यसको विकल्पमा उनले विश्व बैंक, एसियाली विकास बैंक जस्ता बहुपक्षीय निकायबाट ऋण लिनुपर्नेमा जोड दिए । बहुपक्षीय ऋण लिँदा परियोजना छनोटमा नेपालको सघन सहभागिता र राष्ट्रिय स्वामित्व सुनिश्चित हुनुपर्ने उनको तर्क छ। उनले आफू आन्तरिक ऋण बढाउनै नहुने पक्षमा भने नरहेको स्पष्ट पारे ।

कार्यक्रममा उनले स्रोत सुनिश्चित नभई अधिकार मात्रै बाँड्ने प्रवृत्ति बढेको, पर्याप्त वन क्षेत्र भएर पनि नेपालले नगण्य मात्रामा जलवायु वित्त पाइरहेको औंल्याए । बजेट धेरै विकृत भएको बताउँदै शुन्यबाट पुनः निर्माण सुरु गर्न जरुरी रहेको उनको भनाई छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री