काठमाडौं । नेपाल एसबिआई बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उदयपुर जिल्लाको चौदण्डीगढी नगरपालिकाको सार्वजनिक सुरक्षा व्यवस्थालाई सुदृढ गर्ने उद्देश्यले सिसिटीभी क्यामेरा प्रणाली हस्तान्तरण गरेको छ ।
बैंकद्वारा आयोजित एक कार्यक्रमका बीच, बैंकका कोशी प्रदेश प्रमुख रविन घिमिरेले उक्त सुरक्षा सामग्री नगरपालिकाकी उप-मेयर मनिकादेवी दुलाललाई हस्तान्तरण गरे । कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य पदाधिकारीको पनि उपस्थिति रहेको थियो ।
हस्तान्तरण कार्यक्रममा बोल्दै उप-मेयर दुलालले बैंकको सहयोगप्रति आभार व्यक्त गरिन् । उनले भनिन्, ‘यी सिसिटीभी क्यामेराले नगरको शान्ति सुरक्षा व्यवस्थापन र अपराध न्यूनीकरणमा महत्त्वपूर्ण योगदान दिनेछ। एसबिआई बैंकको यो सामुदायिक पहल प्रशंसनीय छ ।’
बैंकका प्रदेश प्रमुख घिमिरेले बैंकले नाफासँगै सामाजिक हितलाई पनि प्राथमिकतामा राखेको बताए । उनले समुदायको सुरक्षामा योगदान गर्न पाउँदा खुसी लागेको र भविष्यमा पनि यस्ता सामुदायिक कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरे ।
सो कार्यक्रममा बैंक तथा नगरपालिकाका अन्य उच्च पदाधिकारी समेतको उपस्थिति रहेको थियो । बैंकले समुदाय स्तरमा यस किसिमको कार्यक्रम समय समयमा गर्दै आइरहेको छ ।
नेपाल एसबिआई बैंक लि.ले बिगत ३१ वर्ष देखि बैकिङ सेवा प्रदान गर्दै आईरहेकोे छ । हाल बैंकका १०० शाखा, २२ एक्स्टेन्सन काउन्टर, १९ शाखा रहीत बैंकिङ, ७ प्रादेशिक कार्यालय, १२५ एटिएम र १ कर्पोरेट कार्यालय सञ्चालनमा छन् ।




