सिद्धार्थ बैंकको लाभांश सुरक्षित गर्ने आइतवार अन्तिम दिन

काठमाडौं । सिद्धार्थ बैंकले प्रस्ताव गरेको ५ प्रतिशत बोनस शेयर र ८ दशमलव १६ प्रतिशत नगद लाभांश सुरक्षित गर्ने आइतवार (पुस ८) अन्तिम दिन रहेको छ । बैंकले साधारण सभाको लागि पुस ९ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । यसको आधारमा पुस ८ गतेसम्म कम्पनीको शेयर किन्ने वा शेयर स्वामित्व कायम शेयरधनीहरू सभामा सहभागी भई लाभांशको हकदार हुन सक्छन् ।

बैंकले १७ औं वार्षिक साधारण सभा पुस २३ गते राष्ट्रिय सभा गृह, काठमाडौंमा आयोजना गर्दैछ । बिहान ११ बजे शुरु हुने सो सभामा बैंकले लाभांश वितरण सहित विविध प्रस्तावहरू लैजाँदैछ ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

सिजनको बेला सस्तिँदै सुन, आज एकैदिन २२ सयले घट्यो

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) पनि सुनको मूल्य घटेको छ । मङ्सिर नजिकिएसँगै सुनचाँदीको …

प्रतिकृया दिनुहॊस