आयोगका सचिव पाराश्वर ढुंगानाको सरुवा

काठमाडौं । सत्य, निरुपण तथा मेलमिलाप आयोगका सचिव पाराश्वर ढुंगानाको सरुवा भएको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले ढुंगानाको सरुवा गरेको हो ।

उनलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा सरुवा गरिएको सरकारका प्रवक्ता एवं सूचना, प्रविधि तथा सञ्चार मन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका छन् ।

त्यस्तै, सत्य निरुपण तथा मेलमिलाप आयोगको सचिवमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव निर्मला अधिकारी भट्टराईलाई कायममुकायमको जिम्मेवारी दिने निर्णय पनि भएको उनले जानकारी गराएका छन् ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री