काठमाडौं । साताको चौथो दिन अर्थात् बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचक सामान्य रूपमा ओरालो लागेको छ। आज नेप्से १.०७ अंकले घट्दै २,६५३.६८ विन्दुमा पुगेर बन्द भएको हो।
यद्यपि, कारोबार रकममा भने वृद्धि देखिएको छ। नेप्सेमा आज कुल २ करोड ३४ लाख कित्ता सेयर किनबेच भएका छन्, जसबाट जम्मा ९ अर्ब ८ करोड ५८ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
आजको सेयर बजारमा ८८ वटा कम्पनीका सेयर मूल्यमा वृद्धि भएको छ भने १५९ कम्पनीका सेयर घटेका छन्। एउटै कम्पनीको सेयर मूल्य स्थिर रह्यो।
उता, पियोर इनर्जी डेभलपमेन्ट कम्पनीको सेयरमा आज पनि सकारात्मक सर्किट लागेको छ। सबैभन्दा धेरै कारोबार भने सानिमा माइ हाइड्रोपावरको भएको हो, जसको सेयर मात्रबाट ७१ करोड ७८ लाख रुपैयाँभन्दा बढीको कारोबार भएको छ।
तपाईंको प्रतिकृया



