काठमाडौं । लक्ष्मी सनराइज बैंकले ४० वर्ष अगाडिदेखि ऋण लिएर नतिरेका ऋणीहरुको विवरण निकालेको छ।
बैंकले २०३९ सालदेखि क्रेडिट कार्डमार्फत ऋण लिएर नतिर्ने ४८ जना ऋणीको नामसहित तीनपुस्ते विवरण सार्वजनिक गरेको हो।
बैंकले विभिन्न शाखा कार्यालयहरुबाट क्रेडिट कार्ड होल्डरहरुले ऋण लिएर सम्पर्कमा नआएको उल्लेख गरेको हो।
तीनपुस्ते विवरणसहित बैंकले ४८ जना ऋणीलाई ३५ दिनभित्र बक्यौता बाँकी रहेको ऋण तिर्न निर्देशन दिएको हो।
उक्त अवधिमा पनि ऋण नतिरेमा बैंकले ऋणीहरुलाई कर्जा सूचना केन्द्रको कालोसूचीमा राख्ने जनाएको छ।
तपाईंको प्रतिकृया



