फेरि बढ्यो सुनको मूल्य, तोलाको मूल्य १ लाख ९७ हजार ५०० पुग्यो

काठमाडौं । अन्तरराष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेसँगै नेपाली बजारमा पनि सुनको भाउ उच्च बिन्दुमा पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार सुनको मूल्य प्रतितोला १ लाख ९७ हजार ५०० रुपैयाँमा पुगेको छ । यो मूल्य अघिल्लो कारोबार दिनको तुलनामा प्रतितोला ४०० रुपैयाँले बढी हो ।

महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार, गत जेठ २७ गतेदेखि सुनको मूल्य लगातार वृद्धि भइरहेको छ । सो दिन प्रतितोला सुनको मूल्य १ लाख ९० हजार रुपैयाँमा कारोबार भएको थियो ।

  • जेठ २८ गते: १,९१,३०० रुपैयाँ

  • जेठ २९ गते: १,९२,९०० रुपैयाँ

  • जेठ ३० र ३१ गते: १,९७,१०० रुपैयाँमा सुन किनबेच भएको थियो।

चाँदीको मूल्य भने स्थिर देखिएको छ । प्रतितोला २,१६५ रुपैयाँमै मा कारोबार भइरहेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री