ट्रकमा मोटरसाइकल ठोक्किँदा एकै गाउँका दुुई युवकको मृत्यु, अर्का गम्भीर

काठमाडौं । पर्साको वीरगजमा रोकिराखेको ट्रकमा मोटरसाइकल ठोकिँदा दुई युवकको मृत्यु भएको छ । दुर्घटनामा अर्का एक युवक गम्भीर घाइते भएका छन् ।

बिग्रेर सडक किनारामा रोकिराखेको एचआर ५५ के ३९७१ नम्बरको भारतीय ट्रकमा बागमती प्रदेश ०३-००४ प ८६१२ नम्बरको मोटरसाइकल ठोकिँदा दुर्घटना भएको हो । दुर्घटनामा पर्साकै छिपहरमाई गाउँपालिका निवासी रामाकान्त यादव र विजय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

वीरगञ्ज महानगरपालिका–२२ ड्राईपोर्ट सडकखण्डमा पर्ने सिताराम भन्ने ठाउँमा शुक्रबार बिहान ५ बजेतिर दुर्घटना भएको हो । मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका तीन युवकमध्ये उपचारका क्रममा दुई जनाको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता किशोर लम्सालले जानकारी दिए ।

दुर्घटनामा सोही ठाउँका २२ वर्षीय विजय कुमार यादव गम्भीर घाइते छन् । उनको चिन्ताजनक अवस्थामा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री