एकैदिन ४२ सयले बढ्यो सुनको मूल्य, पुग्यो २ लाख नजिक

काठमाडौं । नेपाली बजारमा सुनको मूल्यमा एकैदिन ४ हजार २ सय रुपैयाँको भारी वृद्धि भएको छ । बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको भाउ १ लाख ९७ हजार १ सय रुपैयाँ कायम भएको छ । बिहीबार प्रतितोला १ लाख ९२ हजार ९ सय रुपैयाँका कारोबार भएको थियो ।

तोलामा १५ रुपैयाँले बढेर चाँदीको मूल्य प्रतितोला २ हजार १६५ रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री