काठमाडौं महानगर प्रहरी प्रमुख एसएसपी राजुनाथ पाण्डे निलम्बित, छानबिन अघि बढ्यो

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रहरी प्रमुख, वरिष्ठ नगर प्रहरी उपरीक्षक (एसएसपी) राजुनाथ पाण्डेलाई निलम्बन गरिएको छ । उनीमाथि लागेका विभिन्न गम्भीर आरोपहरूको छानबिन प्रक्रिया अघि बढाउन उनलाई ६ महिनाका लागि निलम्बन गरिएको महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईंले पुष्टि गरेका छन् ।

एसएसपी पाण्डेमाथि सबैभन्दा गम्भीर आरोप मेयर बालेन्द्र (बालेन) शाहको मौखिक निर्देशनमा प्रमुख प्रशासकीय अधिकृत गुरागाईंलाई नै कार्यालय प्रवेशमा रोक लगाउन खोजेको छ । यही विषयलाई केन्द्रमा राख्दै पाण्डेलाई यसअघि सातबुँदे स्पष्टीकरण सोधिएको थियो । महानगर प्रहरी ऐन, २०८० ले नगर प्रहरी बल महानगरको प्रमुख प्रशासकीय अधिकृत मातहत परिचालन हुने स्पष्ट व्यवस्था गरेको छ ।

प्रमुख प्रशासकीय अधिकृत गुरागाईंले प्रयोग गर्ने गाडीमा ‘ह्विल लक’ लगाइएको, उनको कार्यालय प्रवेशमा भौतिक रूपमै अवरोध सिर्जना गरिएको, केही जनप्रतिनिधिलाई अमर्यादित व्यवहार प्रदर्शन गरिएको, प्रमुख प्रशासकीय अधिकृतको कार्यालयमा ताला लगाइएको र कर्मचारीहरूको हाजिर पुस्तिका समेत कब्जामा लिइएको जस्ता आरोपहरू पाण्डेमाथि लगाइएको थियो ।

यी आरोपहरूबारे एसएसपी पाण्डेले गत जेठ १२ गते महानगरपालिकामा आफ्नो स्पष्टीकरण बुझाएका थिए । प्राप्त स्पष्टीकरण चित्तबुझ्दो नभएको वा आरोपहरूको प्रकृति गम्भीर देखिएकाले थप छानबिनका लागि उनलाई निलम्बन गरिएको बुझिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री