क्यान्सर पीडित कलाकार घनश्याम गौतमको निधन

काठमाडौं । कलाकार तथा रंगकर्मी घनश्याम गौतमको निधन भएको छ । टेलिशृङ्खला र प्रहसनहरूमा ‘नक्कली प्रचण्ड’ बनेर अभिनय गरेर चर्चित भएका उनको सोमबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ । कलाकार गौतम विगत दुई वर्षदेखि पेटको क्यान्सरबाट पीडित थिए ।

भक्तपुरस्थित काठमाडौँ क्यान्सर अस्तालमा उपचारकै क्रममा सोमबार उनको निधन भएको हो । ४३ वर्षीय गौतमले मेरी बास्सै टेली टेलिशृंखलामा समेत अभिनय गरेका थिए । सडक नाटक, रेडियो नाटक, कचहरीमा सक्रिय उनले विभिन्न स्कुलहरूमा पनि अभिनय सिकाउँथे । उनको मंगलबार बिहान पशुपति आर्यघाटमा अन्त्यष्ठि गर्ने तयारी छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री