महालक्ष्मी विकास बैंकले इएमभी महालक्ष्मी भिजा डलर कार्ड ल्यायो

काठमाडौं। महालक्ष्मी विकास बैंकले आफ्ना ग्राहकका लागि चिप प्रणालीमा आधारित इएमभी महालक्ष्मी भिजा डलरकार्ड सार्वजनिक गरेको छ।

कार्डबाट हुने कारोबारलाई सुरक्षित र विश्वसनीय बनाउन यो प्रणाली सुरु गरिएको बैंकले जनाएको छ। यसबाट जोखिम न्यूनीकरणमा सहयोग पुग्ने बैंकको विश्वास छ।

यसअघि बैंकले म्याग्नेटिक स्ट्रिप प्रविधिका भिजा डेबिट कार्ड उपलब्ध गराउँदै आएकोमा अब नयाँ प्रणालीमा आधारित कार्ड ल्याइएको बैंकले जारी गरेको प्रेस विज्ञप्तीमा उल्लेख छ।

बारेमा News desk

यॊ पनि हेर्नुहॊस

नेप्से परिसूचकमा उच्च अंकको वृद्धि

काठमाडौँ । यो साता कारोबारको लगातार दोस्रो दिन आज पनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा …

प्रतिकृया दिनुहॊस