रेड्मी नोट १४ प्रो+ ५जी : स्मार्टफोन टिकाउपनको नयाँ परिभाषा !

काठमाडौँ । आजको दिनमा स्मार्टफोनका प्रयोगकर्ताहरू ‘सस्तोमा राम्रो’भन्दा बरु ‘पैसा लागोस् तर टिकाउ होस’ भन्ने चाहन्छन् ।

कम्पनीले बजारमा कैयौं ब्रान्डका सयौँ स्मार्टफोनहरू भएको तर फोन खसेको अवस्थामा नटुट्ने/नफुट्ने र पानीमा खस्दा नबिग्रिने, वा महिनौंको प्रयोगपछि पनि सुस्त नहुने मोबाइलको खोजीमा रेड्मी नोट १४ प्रो+ ५जी एकदमै सान्दर्भिक भएको दाबी गरेको छ ।

रेड्मीले १.५के रिजोल्युसनसहितको एमोलेड डिस्प्ले र गोरिल्ला ग्लास भिक्टस २ प्रयोग गरी बनाइएको यस फोन साँच्चिकै कठोर अवस्था सहन सक्ने बनाइएको बताइएको छ । यसको आइपी ६८ डस्ट र वाटर रेजिस्टेन्सले यो धुलो र पानी दुवैप्रति प्रतिरोधी भएको देखाउने कम्पनीले जानकारी दिएको छ । जुन दैनिक जीवनका साधारण दुर्घटनाहरूमा काम लाग्ने एकदमै उपयोगी पक्ष हो ।

स्मार्टफोनको संरचना भएर मात्रै पुग्दैन—प्रदर्शन पनि उत्तिकै महत्वपूर्ण हुन्छ । यसमा रहेको स्न्यापड्रागन ७ एस जेन ३ चिपसेटले यसलाई ‘फास्ट एण्ड स्मूद’ बनाउँने कम्पनीले जनाएको छ । चाहे गेमिङ होस् वा मल्टिटास्किङ, फोनले नथाक्ने झल्को दिने बताइएको छ । ८ जीबी + २५६ जीबी र १२ जीबी + ५१२ जीबीका भेरिएन्टहरूले प्रयोगकर्तालाई भण्डारणको झन्झटबाट टाढा राख्ने जानकारी दिइएको छ ।

क्यामरामा पनि रेड्मीले सस्तो फोनमा राम्रो क्यामरा मात्र नभएर उन्नत फिचरहरू समेत दिन थालेको कम्पनीले बताएको छ । २०० मेगापिक्सेलको मुख्य क्यामरा र १६–इन–१ पिक्सेल बिनिङसँगै ८ एमपी अल्ट्रा–वाइड, २ एमपी म्याक्रो, र २० एमपी सेल्फी क्यामराको संयोजनले यसलाई ‘फोटोग्राफी क्रिएटिभ’ हरूका लागि उपयुक्त बनाउने कम्पनीको दाबी छ । डायनामिक शट्स, मोशन ट्र्याकिङ, र डुअल भिडियो मोड जस्ता फिचरले प्रयोगकर्तालाई सोचेजस्तो दृश्य कैद गर्न स्वतन्त्रता दिने बताइएको छ ।

कम्पनीले फोनको मूल्य रु. ४९,९९९ र रु. ५४,९९९ को बीचमा आउने बताएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री