कजारियाले सैनामैनामा सुरु गर्‍यो नयाँ शोरूम

काठमाडौं । भारतको नम्बर एक टायल ब्राण्ड कजारियाले नेपालमा आफ्नो बजार उपस्थिति थप बलियो बनाउँदै रुपन्देहीको सैनामैनामा नयाँ शोरूम उद्घाटन गरेको छ। धर्मा ट्रेडर्सद्वारा सञ्चालित सो अत्याधुनिक शोरूमले उच्च गुणस्तरका टायल्सको बढ्दो मागलाई सम्बोधन गर्ने लक्ष्य लिएको छ।

शोरूमको उद्घाटन समारोहमा नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले प्रमुख अतिथिको रूपमा सहभागी भएर रिबन काटी औपचारिक उद्घाटन गरेका थिए। कार्यक्रममा कजारिया रमेश टाइल्स लिमिटेडका प्रतिनिधि बिमल ज्ञवालीको पनि सहभागिता रहेको थियो।

अध्यक्ष पोखरेलले सो अवसरमा कजारियाको यो विस्तारले क्षेत्रीय विकासमा सकारात्मक योगदान पुर्‍याउने विश्वास व्यक्त गर्दै भने, ‘यो शोरूमले स्थानीय निर्माण व्यवसायी, आर्किटेक्ट, घरधनीहरूलाई अन्तर्राष्ट्रिय गुणस्तरका टायल्स सजिलै उपलब्ध गराउनेछ।’ उनले नेपाली बजारमा विदेशी लगानी र प्रविधि विस्तारले निर्माण क्षेत्र सुदृढ हुने उल्लेख गरे।

शोरूममार्फत कजारियाले ३०x३०, ३०x६०, ३०x४५, ६०x६०, ६०x१२० र १९.५x१२० से.मी. साइजका वाल तथा फ्लोर टायल्स उपलब्ध गराउँदैछ। आधुनिक डिजाइन, दीगो गुणस्तर र ग्राहक प्राथमिकतालाई ध्यानमा राखी निर्माण गरिएको ३ हजारभन्दा बढी टायल्स डिजाइनको विकल्प प्रस्तुत गरिने कजारियाले जनाएको छ।

नेपालभर ४० भन्दा बढी एक्सक्लुसिभ शोरूम र १०० भन्दा बढी डिलर नेटवर्कसहित कजारिया प्रिमियम टायल्सको क्षेत्रमा एक स्थापित नाम बनिसकेको छ। कम्पनीले नेपालमै अत्याधुनिक उत्पादन प्लान्टमार्फत विश्वस्तरीय टायल्स उत्पादन गर्दै आएको छ। नयाँ शोरूम उद्घाटनसँगै कजारियाले नेपालको निर्माण सामग्री बजारमा आफ्नो नेतृत्व अझ सशक्त बनाएको देखिएको छ।

तपाईंको प्रतिकृया

लेखकबाट थप