फेरि बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज (शुक्रबार) सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले बढेको हो ।

शुक्रबार छापावाल सुनको मूल्य तोलाको १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बिहिबार सुनको मूल्य १ लाख ८७ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

चाँदीको मूल्य भने १० रुपैयाँले घटेर १ हजार ९ सय ८० रुपैयाँमा कारोबार भइरहेको छ । बिहीबार चाँदी १ हजार ९ सय ९५ रुपैयाँमा कारोबार भएको थियो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री