स्ट्यान्डर्ड चार्टर्ड बैंकले छैटौं पटक पायो ‘थ्री ए’ रेटिङ

काठमाडौं । नेपालकै एक मात्र अन्तर्राष्ट्रिय बैंक, स्ट्यान्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडले लगातार छैटौं पटक पनि क्रेडिट रेटिङ संस्था आइसीआरए नेपालबाट सर्वाेच्च रेटिङ ‘[ICRANP-IR] AAA’ प्राप्त गर्न सफल भएको छ । यो रेटिङ वित्तीय दायित्वहरू समयमा पूरा गर्न अत्यन्त उच्च सुरक्षाको सूचक हो, जसमा लगानीकर्ताको जोखिम न्यूनतम मानिन्छ ।

आइसीआरए नेपालद्वारा सार्वजनिक विश्लेषणअनुसार, बैंकको मजबुत पूँजी संरचना, जोखिम व्यवस्थापन क्षमता र सम्पत्ति गुणस्तरमा देखिएको स्थायित्व नै पुनः रेटिङ पुष्टि हुने मुख्य आधारहरू हुन् । चालु वर्षको मध्य अप्रिलसम्म बैंकको पूँजी पर्याप्तता अनुपात (CRAR) १७.४४ प्रतिशत रहेको छ, जसमा टियर–१ पूँजी १५.१५ प्रतिशत छ। यी दुवै दर नेपाल राष्ट्र बैंकले निर्धारण गरेको न्यूनतम मापदण्ड ११ प्रतिशत र ८.५ प्रतिशतभन्दा धेरै उच्च छन् ।

त्यस्तै, बैंकको नन–पर्फर्मिङ लोन (NPL) मात्र १.४४ प्रतिशत रहेको छ, जुन क वर्गका बैंकहरूको औसत ५.०५ प्रतिशतभन्दा धेरै कम हो। यसले बैंकको कर्जा प्रणाली, जोखिम नियन्त्रण अभ्यास र प्रतिस्पर्धी ब्याजदर प्रस्ताव गर्ने क्षमतामा उच्च विश्वसनीयता देखाउँछ । बैंकका प्रमुख कार्यकारी अधिकृत (CEO) तथा हेड अफ कभरेज गोरख राणा भन्छन्, ‘लगातार छैटौं पटक AAA रेटिङ प्राप्त गर्नु हाम्रो सेवाप्रतिको प्रतिबद्धता र विश्वसनीयताको प्रमाण हो । यस उपलब्धिमा हाम्रो ग्राहक, लगानीकर्ता र समर्पित टिमको अमूल्य योगदान रहेको छ ।’हाल

स्ट्यान्डर्ड चार्टर्ड ग्रुपको झण्डै ७० प्रतिशत स्वामित्व रहेको यो बैंक नेपाल स्टक एक्सचेञ्ज (NEPSE) मा सूचीकृत छ। बैंकले देशभर सबैभन्दा कम लागतमा निक्षेप संकलन गर्न सफल संस्थाका रूपमा आफूलाई स्थापित गरिसकेको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री