फेरि २१ प्रहरी सम्पर्कविहीन भएको सूचना, ७ दिनभित्र हाजिर हुन आग्रह

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले लामो समयदेखि बिना जानकारी कार्यालयमा हाजिर नभएका २१ जना प्रहरीलाई सम्पर्कमा आउन निर्देशन दिएको छ । प्रधान कार्यालयका अनुसार विभिन्न मितिदेखि लामोसमयसम्म ड्युटीमा हाजिर नभएका कर्मचारीहरुलाई एक साताभित्र सम्पर्कमा आउन निर्देशन दिएको हो ।

यदि उक्त समयभित्र सम्पर्कमा नआएमा कारबाहीस्वरुप जागिर नै जाने सम्मको कारबाही गरिने पनि सूचनामा उल्लेख गरिएको छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप