दृष्टि फाउण्डेसनलाई सिटिजन्सको सहयोग

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत लामो समयदेखि निरन्तर रूपमा मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र उनीहरूका बालबालिकाका लागि काम गर्दै आएको सुदूरपश्चिम प्रदेशको धनगढीस्थित दृष्टि फाउण्डेसन नेपाललाई सहयोग प्रदान गरेको छ ।

विभिन्न दाताबाट प्राप्त सहयोगबाट सञ्चालन भइरहेको र करिब ६५ महिला र उनीहरूका बालबालिकालाई सहयोग गरिरहेकोे उक्त संस्थालाई बैंकले करिब दुई महिना पुग्ने गरी सरसफाइ तथा उपभोग्य सामग्री सहयोग गरेको हो । संस्थामा आयोजित एक समारोहबीच बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले सहयोग स्वरूप सामग्रीहरू हस्तान्तरण गर्नुभएको बैंकले जनाएको छ ।

सो अवसरमा उहाँले संस्थालाई सानै भए पनि सहयोग गर्न पाउँदा आफूलाई धेरै खुसी महसुस भएको उल्लेख गर्दै यस्ता संस्थाहरूले मानसिक स्वास्थ्य समस्याबाट पीडित र परिवारविहीन महिला र उनीहरूका बालबालिकाको हेरचाहका लागि समाजमा उदाहरण बसाइरहेको बताउनुभयो । संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत सामाजिक, आर्थिक, सांस्कृतिक, शैक्षिकलगायतका क्षेत्रमा सकारात्मक परिवर्तन ल्याउन विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको बैंकले आगामी दिनमा पनि यस्ता कार्यक्रम गर्ने योजना रहेको जनाएकोे छ ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री