सोह्रखुट्टेस्थित सिग्मा कलेज क्यान्टिनमा आगलागी

काठमाडौँ । काठमाडौँ महानगरपालिका-१६, सोह्रखुट्टेमा अवस्थित सिग्मा कलेजको क्यान्टिनमा आज बिहान आगलागी भएको छ । प्रारम्भिक अनुसन्धानअनुसार ग्यास सिलिन्डर लिक भई उक्त आगलागी भएको हो ।

आगलागीका कारण क्यान्टिनभित्र रहेका टेबल, कुर्सी, खाद्यान्न लगायतका सरसामानहरू जलेर पूर्णरुपमा नष्ट भएका छन् । यसबाट करिब तीन लाख रुपैयाँ बराबरको भौतिक क्षति भएको अनुमान गरिएको छ ।

घटनाको जानकारी पाउनासाथ नेपाल प्रहरी, सशस्त्र प्रहरी बलका टोली र स्थानीय बासिन्दाहरू दमकलसहित घटनास्थल पुगेका थिए । उनीहरुको संयुक्त प्रयासबाट आगोलाई थप फैलिनबाट रोकी नियन्त्रणमा लिइएको थियो ।

सशस्त्र प्रहरी बलका डीएसपी शैलेन्द्र थापाका अनुसार, बिहान करिब ८ बजेतिर आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री