काठमाडौं । सोमबार बिहान लुक्ला उडेको समिट एयरको ट्विनअटर विमान प्राविधिक समस्या देखिएपछि पुनः काठमाडौं फर्काइएको छ । फ्लाइट नम्बर ३०१ भएको उक्त जहाजमा इन्जिनमा समस्या देखिएपछि आकस्मिक रूपमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित अवतरण गराइएको हो ।
विमानस्थल कार्यालयका प्रवक्ता रिञ्जी शेर्पाका अनुसार बिहान ७:२४ बजे जहाजले काठमाडौंमा आकस्मिक अवतरण गरेको हो । ‘इन्जिनमा समस्या आएपछि जहाजलाई काठमाडौं डाइभर्ट गरिएको थियो,’ शेर्पाले भने, ‘विमान सुरक्षित रूपमा अवतरण गर्न सफल भयो ।’
जहाजमा चालक दलका सदस्यसहित १९ जना यात्रु सवार थिए । सबै यात्रु सकुशल रहेको प्रवक्ता शेर्पाले पुष्टि गरेका छन् ।
विमानस्थल स्रोतका अनुसार जहाजमा देखिएको प्राविधिक समस्या के हो भन्नेबारे प्राविधिक परीक्षण जारी छ । नियमित जाँचपश्चात मात्र पुनः सेवा सञ्चालन गरिनेछ ।
तपाईंको प्रतिकृया




