नेपाली बजारमा भिभो भी ५० लाईट : स्टाइल, शक्ति र स्मार्ट प्रविधिको समुच्चय

काठमाडौं । नेपाली स्मार्टफोन बजारमा भिभोले नयाँ मोडेल भी ५० लाईट छिट्टै सार्वजनिक गर्ने तयारी गरिरहेको छ। अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र उच्च प्रदर्शनलाई समेटेको यस स्मार्टफोनले नेपाली प्रयोगकर्ताका लागि नयाँ अनुभवको ढोका खोल्ने विश्वास गरिएको छ।

भी ५० लाईटमा समावेश ६५०० एमएएच क्षमताको ब्लु वल्ट ब्याट्री र ९० वाटको सुपर फास्ट फ्ल्यास चार्जिङ सपोर्टले यसलाई लामो समयसम्म प्रयोग गर्न सकिने शक्तिशाली डिभाइस बनाएको छ। बारम्बार चार्ज गर्नुपर्ने झन्झटबाट छुटकारा दिँदै, यो फोन निरन्तर प्रयोगका लागि आदर्श बन्ने देखिन्छ। अझ रोचक कुरा, यति ठूलो ब्याट्री समेटिएको भए पनि फोनको मोटाइ मात्र ७.७९ एमएम रहनेछ, जसले यसलाई अल्ट्रा–स्लिम र स्टाइलिश बनाउँछ।

भिभो भी ५० लाईटमा मीडियाटेक डाइमेन्सिटी ६३०० वा स्नापड्रागन ६८५ चिपसेट प्रयोग हुने अनुमान गरिएको छ। यसले प्रयोगकर्तालाई गेमिङ, मल्टिटास्किङ र द्रुत प्रोसेसिङमा उत्कृष्ट अनुभव दिनेछ। थप सुरक्षित प्रयोगका लागि फोनमा SGS 5-Star Drop Resistant र मिलिट्री ग्रेड सर्टिफिकेसन रहनेछ, जसले यसको टिकाउपन सुनिश्चित गर्छ।

फोनमा १२० हर्जको अल्ट्रा भिजन पि–ओलेड पञ्च–होल डिस्प्ले, अल्ट्रा–न्यारो बेजल्स र फ्ल्यागशिप फिनिश उपलब्ध हुनेछ, जसले दृश्यात्मक सौन्दर्यलाई नयाँ उचाइमा पुर्याउनेछ। SGS लो ब्लू लाइट सर्टिफिकेसन सहितको यो स्क्रिनले आँखाको सुरक्षा सुनिश्चित गर्नेछ भने १८०० निट्सको पिक ब्राइटनेस ले घाममा पनि स्पष्ट दृश्य प्रदान गर्नेछ।

फोटोग्राफीमा रुचि राख्नेका लागि पनि यो फोन विशेष हुनेछ। ५० एमपीको सोनी IMX882 मुख्य क्यामेरा र ३२ एमपीको अल्ट्रा क्लियर सेल्फी क्यामेरा सहित, यसमा एआई इरेज र एआई फोटो इनह्यान्स जस्ता विशेष स्मार्ट टुल्स रहनेछन्, जसले फोटो सम्पादनलाई सजिलो र प्रभावकारी बनाउनेछ।

तपाईंको प्रतिकृया

लेखकबाट थप