काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्यमा उल्लेख्य गिरावट आएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला ३ हजार ५ सयले घट्दै १ लाख ८१ हजार सय मा कारोबार भइरहेको छ । अघिल्लो कारोबार दिन बुधबार छापावाल सुनको मूल्य १ लाख ८५ हजार ३ सय रहेको थियो ।
सुनसँगै चाँदीको मूल्यमा समेत गिरावट देखिएको छ । महासङ्घका अनुसार बिहीबार चाँदी प्रतितोला १,९२५ मा कारोबार भइरहेको छ, जुन अघिल्लो दिनको मूल्य १,९६० भन्दा ३५ कम हो ।
तपाईंको प्रतिकृया




