काठमाडौँ । एनआईसी एसिया लघुवित्तले गण्डकी प्रदेश अन्तर्गतको शाखा कार्यालय मगरकोटमा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । वैशाख २९ गते कम्पनीले उक्त वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरेको हो ।
स्थानीय जनप्रतिनिधि टेक नारायण महतो तथा मगरकोट उपप्रदेश कार्यालयका अनुगमन अधिकृत भुवन राज भट्टको उपस्थितिमा सञ्चालन गरिएको कार्यक्रममा शाखाका शाखा प्रमुख गोपाल सुनार लगायत कर्मचारीहरूको पनि उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा करिब ४० जना महिला सदस्यहरूको सहभागिता रहेको थियो ।
यसै गरि लघुवित्तको बाङ्गेसिमल शाखाद्वारा पनि वित्तीय साक्षरता तथा पुनर्ताजगी कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा लघुवित्तका कर्णाली प्रदेश प्रमुख नवराज सिंह, उप प्रदेश कार्यालय बाङ्गेसीमलका अनुगमन अधिकृत गणेश पुन मगर लगायत बाङ्गेसीमल शाखामा कार्यरत कर्मचारी सहित ५५ जना सदस्यको उपस्थिति रहेको कम्पनीले जनाएको छ ।
त्यस्तै लघुवित्तको बेस्तडा शाखा दैलेखले ३ दिने आधारभूत बाख्रा पालन तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
वैशाख २७ देखि २९ सम्म चलेको तालिममा सहभागी सम्पूर्ण सदस्यहरूले सकारात्मक प्रतिक्रिया दिँदै तालिमले आगामी दिनमा महत्वपूर्ण भुमिका खेल्ने धारणा व्यक्त गरेको कम्पनीले जनाएको छ । कार्यक्रममा भगवतीमाइ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर थापा, उपाध्यक्ष मिना कुमारी खड्का, पशु प्राविधिक प्रशिक्षक गणेश राज जोशी, बिनेश परियार लगायतको उपस्थिति थियो ।




