युद्धविरामपछि पनि भारतमा केही उडान अझै रद्द

काठमाडौं । एयर इण्डियाले मंगलबारका लागि केही उडानहरू रद्द गरेको छ । भारत र पाकिस्तानबीच हालै भएको चार दिनको सैन्य झडपपछि १० मेमा युद्धविरामको सहमति भएको थियो । तर त्यसपछि पनि सीमावर्ती क्षेत्रमा तनाव कायम रहेकाले भारतका केही प्रमुख एयरलाइन्सहरूले सावधानी अपनाउँदै उडान रद्द गरेका छन् ।

भारतको निजी विमान सेवा प्रदायक एयर इण्डिया र इन्डिगोले मङ्गलबार सीमावर्ती क्षेत्रका केही विमानस्थलहरूबाट हुने उडानहरू रद्द गरेको जानकारी दिएका छन् । एयर इण्डियाले आफ्नो एक्स (पूर्व ट्विटर) खातामा लेखेको छ, ‘हालको घटनाक्रम र यात्रुहरूको सुरक्षालाई ध्यानमा राख्दै १३ मे मङ्गलबार जम्मु, लेह, जोधपुर, अमृतसर, भुज, जामनगर, चण्डीगढ़ र राजकोटबाट हुने सबै उडानहरू रद्द गरिएको जानकारी गराउँछौं ’

तपाईंको प्रतिकृया

लेखकबाट थप