नेप्सेमा साताको पहिलो दिन दोहोरो अंकको गिरावट, कारोबार रकम समेत घट्यो

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक दोहोरो अंकले घटेको छ। कारोबार दिनको अन्त्यमा नेप्से सूचक ११.५३ अंकले घट्दै २,६५०.११ विन्दुमा थामिएको हो।

आजको दिन कूल २ करोड ४० लाख ११ हजार कित्ता शेयर किनबेच भए, जसअनुसार कुल कारोबार रकम १० अर्ब २० करोड २७ लाख रुपैयाँ पुगेको छ। अघिल्ला दिनको तुलनामा कारोबार रकममा उल्लेख्य गिरावट देखिएको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार आइतबार ८२ कम्पनीको शेयरमूल्यमा वृद्धि भएको छ भने १६४ कम्पनीको मूल्यमा गिरावट आएको छ। यस्तै, ५ कम्पनीको मूल्य स्थिर रह्यो।

दिनभरको कारोबारमा नेपाल माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स, हिमालयन हाइड्रोपावर, र जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यी कम्पनीका शेयरमा दिनभर उच्च माग देखिएको हो।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री