आइतबार नेपाली बजारमा सुन सस्तो, चाँदी महँगियो

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्यमा गिरावट आएको छ भने चाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आइतबार छापावाल सुन प्रतितोला १०० रुपैयाँले घटेको हो ।

महासङ्घका अनुसार आज छापावाल सुन तोलाको १ लाख ९० हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि, शुक्रबारको कारोबार मूल्य १ लाख ९० हजार ६ सय रुपैयाँ थियो । यस्तै तेजाबी सुनको मूल्य पनि आज तोलाको १ लाख ८९ हजार ९ सय रुपैयाँमा झरेको छ ।

यसको विपरीत, चाँदीको मूल्यमा भने आज वृद्धि देखिएको छ । महासङ्घले जनाएको अनुसार, आइतबार चाँदी प्रतितोला १ हजार ९७० रुपैयाँमा कारोबार भइरहेको छ, जुन शुक्रबारको मूल्य १ हजार ९६० रुपैयाँभन्दा १० रुपैयाँले बढी हो ।

तपाईंको प्रतिकृया

लेखकबाट थप

ताजा सामाग्री